एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभागले आज सूचना प्रकाशित गरी एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलेको जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि दरखास्त आह्वान गरिएको छ । म्यादी प्रहरीमा भर्ना हुन भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिनेछ । सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइनेछ ।