Kohalpur Today Header Ads

बाँकेका अधिकांस पत्रकारको मृगौलामा समस्या




नेपालगन्ज ।

बाँकेका अधिकांस पत्रकारको मृगौलामा समस्या देखिएको छ । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाँकेका पत्रकारको शनिबार निःशुल्क मृगौला परिक्षण गरिएको थियो ।

पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जको सह-आयोजनामा ४७ जना पत्रकारको मृगौला परिक्षण गरिएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

अस्पतालका म्यानेजर किरण ऐरीले दिएको जानकारी अनुसार रेडियोलोजिष्ट डा. रबि भुषणप्रसाद चौरसिया, प्याथोलोजिष्ट डा. सर्मिला गुप्ता, डा. दिपक जैसवाल, डा. सुभम गुप्ता लगायतको टिम पत्रकारहरुको उपचारमा खटिएका थिए । तर, परिक्षण गराएका केहीको मृगौला अवस्था सामान्य भएपनि अधिकांस पत्रकारमा पथ्थरी, फ्याटी लिभर(ग्रेट वान-टु), मृगौला सुन्निएको, मृगौला र पिसाबमा इन्फेक्सन, सुगर लगायत समस्या देखिएको म्यानेजर ऐरीले बताए ।

पत्रकारको मृगौला परिक्षण गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर, वरिष्ठ पत्रकार जे. पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, जिल्ला सचिव कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय गुप्ताको योगदानबारे चर्चा गरेका थिए ।

स्वर्गिय गुप्ताले पत्रकारिता क्षेत्रमा मात्र नभएर लोकतन्त्रका लागि पनि उत्तिकै योगदान गरेको बक्ताहरुले बताए । प्रतिष्ठानका अध्यक्ष एवम् नेपालगन्जका पुर्वमेयर विजय गुप्ताले आफ्ना पिताले पत्रकारिता क्षेत्र, लोकतन्त्र प्राप्तीका लागि पुर्याएको योगदानको कदर स्वरुप मान सम्माान प्राप्त गरेको बताए । पत्रकारकै संघ, संगठनको संयुक्त पहलमा आफ्ना स्वर्गिय पिताको सम्मान स्वरुप नेपालगन्जमा चोक नामाकरणले पूर्णता पाउने विश्वास लिए ।

उक्त कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले गरेका थिए । स्वर्गिय गुप्ताको यही भदौं २७ गते ९४ औं जन्मजयन्ति मनाइँदैछ । जन्मजयन्तीका अवसरमा आश्रममा रहेका बृद्धबृद्धालाई खाना खुवाउने, रक्तदान, अन्तरक्रिया लगायत कार्यक्रम पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २५ गते शनिबार