कोहलपुरको डाइनामिक माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न




काेहलपुर । 

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एम एड चौथो सेमेस्टर अभ्यास शिक्षण समुहले कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले मानवमा शिक्षा प्राप्तिको आधार कम भएको व्यक्त गरे ।

शर्माका अनुसार आम विद्यार्थीहरुमा अनुशासनको कमि रहेकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनुशाशित भएर शिक्षा प्राप्त गर्न निर्देशन दिए ।

हिजोका दिनमा नैतिक शिक्षा, पुर्वव्यवसायिक शिक्षा, संस्कृत शिक्षाको पठनपाठन हुँदै आएकोले त्यो जनशक्तिमा अनुशासन र जिम्मेवारी रहेको तर आज त्यो खालको शिक्षाको अभावमा आजको विद्यार्थीमा नैतिकता, अनुशासन र कर्तव्य पालनम कमि देखिएकाे छ उनले भने, त्यो वातावरण निर्माण गरेर सक्षम, सबल र २१ औं शताब्दीको प्रतिस्पर्धा गर्न सक्ने नागरिक हुनुपर्छ ।

अध्ययन कार्य सहज नभएकोले जनशक्तिमा निरन्तर मूल्याङकनको नितिले कमजोर जनशक्ति उत्पादन गरेको, अनुत्तीर्ण नहुने नितिको कारण पढ्नुपर्छ भन्ने भावना नभएको, मेहनत गर्ने बानीमा कमि आएकोले शिक्षा क्षेत्र निकै कमजोर हुँदै गएकोले त्यसको सुधार सबै सरोकारवालाबाट मात्र हुने भएकोले आम विद्यार्थीको ध्यानाकर्षण गराएका  थिए । आम विद्यार्थीमा म को हो र? मैके के गर्नु पर्छ ? समाजमा मेरो मूल जिम्मेवारी के हो ? भन्ने बारेमा चिन्तित हुन जरूरी रहेकाे शर्माकाे भनाइ थियाे ।

कार्यक्रममा विशिष्ट अतिथि एवं डाईनामिक माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र रेग्मिले शिक्षा प्राप्त गरेर जिवनमा नसकिने विचार व्यक्त गरे ।  यहि विद्यालय अध्ययनरत विद्यार्थीहरु स्नातकोत्तर तहमा अध्ययन गरेर अभ्यास शिक्षकका रुपमा आएकोले दिन बितेको र शिक्षा प्राप्त गरेको थाहै नहुने भएकोले आम विद्यार्थीहरुलाई रेग्मिले शुभकामना दिए ।

त्यसैगरी कार्यक्रमका रविन्द्र सुवेदी, ओमकार शर्मा लगायतले आफ्नो धारणा व्यक्त गरे । कार्यक्रमको स्वागत मन्तव्य तिलक बुढाथोकीले गरेका थिए ।

हाजिरी जवाफ प्रतियोगितामा कार्यक्रममा ६ समुहले भाग लिएका थिए । कक्षा– ११, १२ र बि. एड. प्रथम सेमेस्टरका विद्यार्थीलाई सहभागी गराएर ६ ओटा समुहमा विभाजन गरी प्रथम, द्धितिय, तृतीय र शान्तना पुरस्कार वितरण गरी सम्पन्न गरीएको कार्यक्रममा समुह ६ प्रथम, समुह ५ द्धितिय, समुह १ तृतिय र समुह २ सान्त्वना रहेको थियो ।

प्रत्येक ४ जना विद्यार्थी रहेको समुहमा प्रथम समुहमा सन्दीप थापा, अर्जुन बडुवाल, संगिता कठायत, भावना रानामगर, दोस्रो समुहमा अरुनिमा लामा, निरु रेग्मी, सदिक्षा भटराई, सकुन्तला शाही, तृतिय समुहमा उपेन्द्र शाही, निरज थापा, सर्मिला थारु, लक्ष्मी रोकाया र शानत्वना समुहमा आशिका ज्ञावली, सरीता मल्ल, दिपेन बोहरा र हिक्मत खत्री सहभागी थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार