बलात्कार प्रयासको आरोपमा उपमेयर महतो पक्राउ

जनकपुरधाम ।

सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बलात्कार प्रयासको आरोप लागेका उपमेयर शुक्रबार आफैं इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

एक महिलाले उपमेयर महतोले आफूलाई कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै ४ साउनमा प्रहरीमा उजुरी दिएका थिए । उजुरी दर्तापछि उपमेयर सम्पर्क बिहीन भएका थिए ।

हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जनाइएको छ ।