जनकपुरधाम ।
सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बलात्कार प्रयासको आरोप लागेका उपमेयर शुक्रबार आफैं इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
एक महिलाले उपमेयर महतोले आफूलाई कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै ४ साउनमा प्रहरीमा उजुरी दिएका थिए । उजुरी दर्तापछि उपमेयर सम्पर्क बिहीन भएका थिए ।
हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जनाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्