शिव परियारले बलात्कृत किशोरिलाई ‘पेशेवर’ भनेपछि…




काठमाडौं ।

गायक शिव परियार बतात्कृत किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि विवादमा तानिएका छन्। उनले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि ओक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए।

बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल बलात्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।

उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पीडित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला निरु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भनेर लेखेका छन्।

रिपोर्टर्स नेपालबाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार