जनता आदर्श माविमा वक्तृत्वकला कार्यक्रम

कोहलपुर ।

५६ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बाँके जिल्लाको बैजनाथ गाउँपालिकाको जनता आदर्श माध्यमिक विद्यालयमा ‘मानव जिवनमा शिक्षाको महत्व’ विषयमा  वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि एकराज शर्माले उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै शर्माले मानव जिवनमा शिक्षाको महत्व अपरिहार्य रहेको जानकारी गराउँदै मानवीय व्यवहार तथा कार्यशैलीलाई शिक्षाले निर्धारण गर्ने, आजको २१औं शताब्दीमा हरेक व्यक्तिले आफ्नो क्षमता, कार्यकुशलतालाई व्यवहारिक रूपमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले शिक्षाको माध्यमबाट मानिस सधै समाजमा परिचित हुने र समाजको गहनाका रूपमा रहन सक्छ । पहिलेको समयमा घोकन्ते, सुगा रटाईको शिक्षा भएको र पछिल्लो समयमा शिक्षा नभैइ विश्व प्रतिस्पर्धा गर्न सक्ने विज्ञान र प्रविधि युक्त शिक्षाको आवश्यकता रहेको जिकिर गरे ।

संसारका अधिकांश देशले शिक्षाको कारण निकै फड्को मारेका छन् । ‘अभिभावकहरु विद्यालय शिक्षादेखि दिक्क मानिसकेको अवस्था छ’ उनले भने, ‘आफ्न सन्तानलाई विदेश जानका लागि अभिभावकहरुले प्रेरित गरिरहेका छन् ।’ ‘अहिलेको शिक्षा व्यवाहारिक, अनुशासन हुनुपर्छ उनले थपे, ‘अनुशाशित भएर समाजमा उभ्याउन सक्ने खाल्को शिक्षामा विकास गर्नुपर्छ ।’

यस्तै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेश शर्माले संसार  आफैमा पुस्तकालय भएकोले औपचारिक तथा अनौपचारिक र नियमित रूपमा सिकाइ हुने बताएका छन् । शर्माका अनुसार विद्यार्थीले बाटो हिड्दै गर्दा, अभिभावकबाट, सहपाठी साथिबाट, सञ्चार माध्यमबाट सिकाई हुने भएकोले त्यसबाट शिक्षा आर्जन हुनेछ ।

यस्तै अभ्यास शिक्षणका शिक्षक भोजसिंह बोहराले स्वागत मन्तव्य राखेका थिए । वक्तृत्वकला कार्यक्रममा ६ जना विद्यार्थी सहभागी रहेका थिए । ६ जना सहभागि मध्ये अन्जु थापा प्रथम, लक्ष्मी चन्द्र दोस्रो, गोविन्द बडुवा तेस्रो र सान्तोना शारदा दर्लामी सान्तोना भएका छन् । प्रथम, दोस्रो, तेस्रो र सान्तोना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

यस्तै कार्यक्रमको निर्णायकको जिम्मेवारी धनिराम जैसी, शोभा भन्डारी सहित तीन जना विद्यालयका शिक्षक रहेका थिए । अभ्यास शिक्षक शंख प्रसाद न्यौपानेको सभापतित्व र शान्ति रावतले कार्यक्रम सञ्चालन गरेकी छिन् ।

यस्तै कार्यक्रमको व्यवस्थापन अभ्यास शिक्षक जितेन्द्र सिह सुनारले गरेका थिए ।