कोहलपुरमा सिकलसेल एनमियाको नमूना परिक्षण

कोहलपुरमा १० हजार नमुना परिक्षण मध्ये ४४ जनामा सिकलसेल एनमिया राेगी देखिएको छ ।

कोहलपुर ।

कोहलपुर नगरपालिकाले सिकलसेको नमूना परिक्षण सुरु गरेको छ । गत एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुमा सिकलसेलका कार्यक्रमहरु सञ्चालन भैइरहेको छ ।

बिहिबार कोहलपुर वडा नम्बर २ मा सिकलसेलको नमूना परिक्षण गरिएको कोहलपुरका स्वास्थ्य शाखाका प्रमुख अनिल सेनले बताए । सेनका अनुसार थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी कोहलपुरमा के कति मात्रामा छ भन्ने विषयमा बुझ्नका लागि गाउँगाउँमा गएर सिकलसेल एनमियाको नमूना परिक्षण र उपचार भइरहेको छ ।

यस्तै कोहलपुर नगरपालिकाका सिकलसेल फोकल पर्सन शिव गौतमले कोहलपुरमा २२ हजार भन्दा बढिको संख्यामा थारु समुदाय रहेको बताए । ‘कोहलपुरमा १० हजार नमूना परिक्षण गरिसक्यौ, उनले भने ‘जसमध्ये ४४ जनामा सिकलसेल एनमिया राेगी, २० जनामा विटाथालेसेसिया  राेगी  र ८३१ जना बहाक राेगी देखिएको छ ।’ कोहलपुर नगरपालिका वडा नम्बर २ मा नमूना परिक्षण कार्यक्रम भइरहेको फोकल पर्सन गौतमले बताए ।

कोहलपुर वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले विभिन्न शिविरहरु सञ्चालन गरी घरघरमा नै सेवा प्रवाह गर्नेतर्फ वडा कार्यालय लागेको बताएका थिए । ‘सिकलसेल सम्बन्धी टोलटोलमा नमूना परिक्षण हुनेछ,’ उनले भने ‘त्यसको लागि सबै वडाबासीहरुलाई सूचना जारी भैसकेको छ ।’ सोही अनुसार स्वास्थ्य शाखामा सिकलसेल परिक्षणको लागि जानका लागि अनुरोध समेत गरेका थिए ।

सिकलसेल नमूना परिक्षण पूर्व नगर उपप्रमुख सञ्जु कुमारी थारुको पहल कदमीले सिकलसेल एनमियाको ल्याब सञ्चालन आएको हो ।