सल्यानमा माओवादीबाट रमेश मल्लको नाम सिफारिस




शुदाम शर्मा, सल्यान ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा माओवादीले रमेश मल्लको नाममा सल्यानबाट सर्वसम्मत सिफारिस भएको छ ।

बुधबार नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिको चौथो पूर्ण बैंठकले प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि सल्यानबाट रमेश मल्ल र टेक बहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरिएको संयोजक कृति बहादुर पुनले जानकारी दिएका छन् ।

यस्तै समानुपातिक तर्फक कमल विक, दिलमाया बुढामगर र रत्न बहादुर वली रहेका छन् । प्रदेश सभा ‘क’ बाट प्रत्यक्ष तर्फबाट भिम प्रकाश शर्मा, ‘ख’ बाट प्रत्यक्ष चित्र बहादुर के.सी.को नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेश सभा ‘क’ बाट समानुपातिकबाट कल्पना पुन, टिका बुढाथोकी, तिलक कुमारी रावल र धर्मे बुढाथोकीको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश सभा ‘ख’ बाट समानुपातिक तर्फबाट नविन सिंह भुँडेल, मञ्जु यरी, राधा शर्मा धर्ती, रुद्र बहादुर घर्ती र लक्ष्मी बोहराको नाम सिफारिस भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २३ गते बिहीबार