गायक शिव परियारको टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर गरौं

काठमाडौं ।

गायक शिव परियार पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आक्रामक प्रतिक्रिया दिएका छन् ।

नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् ।

‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

तर, स्टाटस पोस्ट गरेको केही मिनेटमै उनले यसलाई डिलेट गरेका छन् । यद्यपि सामाजिक संजालमा पोस्टको स्क्रिनसट् भाइरल बनिरहेको छ ।