कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले पदभार ग्रहण गरेको १ सय दिनमा काम गरेका र थालेका योजनाहरुको श्वेतपत्र सार्वजनिक गरेका छन् ।
आचार्यले सार्वजनिक गरेका श्वेतपत्रमा १ सय दिनमा ३२ वटा काम गरेको उल्लेख छन् । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई २०७९ ज्येष्ठ ९ मा दपभार ग्रहण गरी नगर कार्यपालिकाको निर्णयबाट १ सय दिनमा काम गरेको श्वेतपत्रमा उल्लेख छ ।
यस्तै नगर प्रमुख आचार्यले भने, ‘कोहलपुरको विकास र समृद्धिमा आक्षेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्नु राम्रो होइन र हुँदैन पनि, कोहलपुरको विकास र समृद्धि गर्न सबैको हातेमालो आवश्यक हुन्छ ।
मैले कति काम गरेका भन्दा पनि हाम्रो जिम्मेवारी के भन्ने विषयमा सबैको सोच हुनुपर्नेमा जोड दिए । कोहलपुर टुडेसंगको कुराकानीमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएपनि नगर प्रमुखमा निर्वाचित भएपछि सबैको साझा भएर काम गरिरहेको र गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गरे । बाँकेमा सय दिनकाे उपलब्धि बुझाउने पहिलो काेहलपुर नगरपालिका हो ।
के छ श्वेतपत्रमा ?
१. दमकल व्यवस्थापन तथा आकस्मिक सेवाको लागि यस अघि पैसा लाग्ने ल्याण्डलाईनबाट सेवा दिईदै आएकोमा निःशुल्क प्रयोग गर्ने दमकलको नम्बर १०१ संचालनमा ल्याएको स्वेतपत्रमा उल्लेख गरेका छन् ।
२. नगर क्षेत्रका विपन्न जेहेन्दार विद्यार्थीको लागि नगर प्रमुख छात्रवृत्ति कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा रहेको, सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन स्वयंसेवक शिक्षकको कार्यक्रम स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको स्वेतपत्रमा उल्लेख छ ।
३. नगरपालिकाले गर्ने सम्पूर्ण कार्यहरु पारदर्शी एवं सहभागीता मूलक तवरले गर्ने गरिएको, सम्पूर्ण निर्णय एवं सूचनाहरु नगरपालिकाको वेब साईट, फेसबुक पेज आदिबाट नियमित प्रकाशन गर्ने गरिएको, कार्यपालिकाको निर्णय सोहि दिन वा भोलि पल्ट नै प्रमाणित गरी सार्वजनिक गर्ने गरिने योजना नियमित सञ्चालन भएको नगर प्रमुख आचार्यले बताए ।
४. आर्थिक मितब्ययीता एवं पारदर्शीताको लागि कोटेशन खरिद प्रणाली निरुत्साहित गरिएको, गर्नै पर्ने भएमा कम्तीमा ७ दिनको सूचनाबाट प्रतिश्पर्धात्मक तवरले गर्ने गरिएको, राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन, स्टेशनरी मसलन्द सामग्री लगायत विभिन्न किसिमका खरिद टेण्डर बाट गर्ने गरिएको ।
५. सरकारी एवं सार्वजनिक जग्गा संरक्षणको लागि कुनै पनि व्यक्ति संस्था वा निकायलाई जग्गा उपलब्ध नगराउने नीति अवलम्बन
गरिएको ।
६. सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका संरचनाहरु हटाउन सुरुवात गरिएको र क्रमशः गर्दै लगिने ।
७. स्थानीय भू उपयोग परिषद गठन गरी नगर क्षेत्रको सम्पूर्ण जग्गा कृषि एवं गैर कृषि क्षेत्रमा वर्गीकरण गरिएको ।
८. राष्ट्रिय भूमी आयोगको जग्गा वितरण प्रयोजनार्थ जग्गा नापजाँचको कार्य अन्तिम चरणमा पुगेको, यस प्रयोजनार्थ सम्पूर्ण जग्गालाई ग्रामीण, शहरोन्मुख र शहरी क्षेत्रमा विभाजन गरिएको ।
९. योजना व्यवस्थापनका लागि समयमै कार्य सम्पन्न गर्न, बजेट तथा कार्यक्रम एकीन नभई योजना कार्यान्वयन नगर्न, जथाभावी हुने आर्थिक दायित्व लगायतका गतिविधि बन्द गरिएको ।
१०. नगरपालिकाको बजेट, योजना तथा कार्यक्रम निर्धारित अवधिमै तर्जुमा गरी स्वीकृत भएको एक महिना भित्रै पुस्तिका प्रकाशन गरी वेब साईटमा समेत राखिएको (गत वर्षमा मंसीरमा प्रकाशन भएको) ।
११. कोहलपुर नगरपालिकाको आधारभूत तह (कक्षा १–८) मा स्थानीय पाठ्यक्रम (हाम्रो कोहलपुर) तयार गरी सम्पूर्ण विद्यालयहरुमा नेपाली भाषामा अध्यापन हुने गरी यसै आर्थिक वर्षदेखि लागु गरिएको ।
१२. फोहरमैला विसर्जनका लागि ल्याण्डफिल साईटको प्रबन्ध एवं सम्झौता गरी कार्यान्वयन गरिएको ।
१३. कर्मचारी व्यवस्थापन सम्बन्धमा दरबन्दी भन्दा अधिक संख्यामा रही नगरपालिकालाई थप आर्थिक दायित्व सिर्जना भएका ज्यालादारी तर्फ कार्यरत एवं सेवा प्रदायक संस्थाबाट कार्यरत जनशक्तिलाई सेवा निरन्तरता नदिईएको ।
१४. सम्पूर्ण संगठन एवं प्रशासन सुधारको लागि सुझाव दिन पूर्व सचिव श्री शारदा प्रसाद त्रितालको अध्यक्षतामा एक कार्यदल गठन गरि कार्य सम्पन्न भई प्रतिवेदन यही भाद्र मसान्त सम्म प्रतिवदेन प्राप्त हुने गरी कार्य अघि बढाइएको ।
१५. नगरपालिकाको श्वेतपत्र निर्माणको काम सुरु भएको ।
१६. नगरपालिका अन्तर्गतका विभिन्न शाखा उपशाखा, वडा, स्वास्थ्य संस्था सम्पूर्णबाट हुने कार्यक्रमहरुको एकरुपता एवं खर्च मितव्ययीता गर्न प्रशासकीय कार्यविधि (खर्च मापदण्ड नियमित गर्ने) नियमावली, २०७९ तर्जुमा गरी लागु गरिएको, जसको नमूना अन्य दर्जनौं पालिकाले समेत अवलम्बन गर्न माग गरेका ।
१७. जथाभावी ईन्धनको प्रयोग तथा वितरण बन्द गरी नो कुपन प्रणाली लागु गरिएको ।
१८. नगर प्रहरी ऐनको समयसामयिक संसोधन गरी कोहलपुर नगर प्रहरी नियमावली, २०७९ जारी गरिएको, जस अनुरुप पूर्ण पारदर्शी एवं प्रतिश्पर्धात्मक विधि/मापदण्डको पूर्ण पालना गरी नगर प्रहरी भर्ना छनौट गरी नियुक्त गरिएको, प्रहरी तालिम केन्द्रको समन्वयमा तालिम ब्यवस्थापन गरिएको ।
१९. सुरक्षित आप्रवाशन कार्यक्रम सामी को लागि सेवा प्रदायक संस्थाको म्याद सकिएकोमा नगरपालिका आफैले संचालन गर्न थालेको ।
२०. समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यवशायीलाई कारवाहीको दायरामा ल्याइएको ।
२१. गत विगत वर्षहरुमा अत्यावश्यक भई तत्काल ग्राभेल गर्ने तथा ह्युमपाईप जडान गर्ने कार्य नगर दररेटमा (पूरा दरमा) हुने गरेकोमा यस वर्ष ईटेण्डरबाट सो को ब्यवस्थापन गरियो जसमा ह्यु२म पाईप तर्फ करिव ४५% एवं ग्राभेल तर्फ करिव ५८% घट रकममा सम्झौता भई प्राविधिक एवं जनप्रतिनिधीको स्थलगत रुपमा अनुगमन तथा निगरानीमा निर्माण/मर्मत कार्य भईरहेको,
२२. बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि विभिन्न चरणमा बैठकहरु गरी समयमै सम्पन्न गर्ने गरी कार्यतालिका बमोजिम कार्य गर्दै आईएको, खर्च गर्ने अख्तियारी समयमै दिईएको, २०७९ भाद्र मसान्त सम्म खरिद विधि निर्धारण गरी खरिद कार्य अघि बढाईएको, योजना तथा कार्यक्रम आर्थिक वर्षको अन्त्यमा हुने गरेकोमा अब देखि जेठ मसान्त पश्चात कुनै पनि योजनाको म्याद नरहने गरी नीति तय गरिएको ।
२३. आर्थिक वर्ष २०७९/८० को लागि कार्यक्रम कार्यान्वयन पुस्तिका तर्जुमा गरी सम्पूर्ण कार्यक्रम सम्पादन गर्ने फोकल ब्यक्ति तोकिएको ।
२४.यस बीचमा २ वटा सार्वजनिक सुनुवाई गरिएको, नगर सभाका बैठकहरु एवं आवश्यकता अनुसार अन्य बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने गरिएको, समयमै वार्षिक समीक्षा सम्पन्न गरिएको ।
२५. कोहलपुर नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापनाको लागि भवन मर्मत सम्भार गरी उपलब्ध गराईएको एवं उद्घाटन समारोहको ब्यवस्थापन सम्पूर्ण खर्च ब्यहोरी समारोह ब्यवस्थापन गरिएको ।
२६. नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गरिएको ।
२७. कोहलपुर नगर विकास समिति, शिक्षा समिति लगायत नियमानुसार गठन हुनेसम्पूर्ण समितिहरु गठन गरिएको, कोहलपुर नगर खेलकुद विकास समिति गठन गरी पूर्णता दिइएको ।
२८. नेपालगंज कोहलपुर सडक क्षेत्रको कोहलपुर चौराह देखी हवलदारपुर सम्म सडकबत्ती मर्मत/जडान गरी भाद्र मसान्त भित्र सञ्चालन हुने तयारीमा रहेको ।
२९. प्रदेश वन मन्त्रालयको समन्वयमा कोहलपुर नेपालगंज सडक खण्डको गोल्छा देखि जानकी गाउँपालिकाको सिमाना सम्म वृक्षारोपण सम्पन्न भएको र पिपरी देखि राम मा. वि. सम्म सडक ग्रिन बेल्टमा रेलिङ्ग निर्माण सम्पन्न भएको ।
३०. सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि नगर प्रमुख द्वारा अनुगमन कार्यको थालनी भएको र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र भौतिक सुधार कार्य अगाडी बढाइको ।
३१. डिजिटल कोहलपुर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) कार्य सुरु भएको।(कोहलपुर नगरपालिकाका विभिन्नन शाखाहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्था/ चौकी/ केन्द्र, सामुदायिक विद्यालयहरु बजार क्षेत्रका विभिन्नर स्थानहरुमा समेत)
३२. कोहलपुर नगरपालिकाको प्रशासनिक भवनको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु गरिएको ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्