डेंगुबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु




नेपालगञ्ज ।

बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल मृत्यु भएका दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २२ गते बुधबार