निजामति सेवा दिवसकाे अवसरमा राप्तीसोनारीमा सरसफाई

राप्तीसाेनारी ।

निजामति सेवा दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकामा कार्यरत निजामति कर्मचारीले बुधबार सरसफाई गरेका छन् ।

निजामति सेवा दिवसको अवसरमा बाँके लगायत देशभर विविध कार्यक्रम गरिदैछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीको नेतृत्वमा निजामति कर्मचारीले गाउँपालिका कार्यालयदेखि अगैया बजारसम्म पुगेर सरसफाई गरेका हुन् ।

सरसफाईमा गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा अन्य कर्मचारीको उपस्थिती रहेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए । दिवसकै अवसरमा दिउँसो ३ बजे जनप्रतिनिधी र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको उनले बताए ।