निजामति सेवा दिवसकाे अवसरमा राप्तीसोनारीमा सरसफाई




राप्तीसाेनारी ।

निजामति सेवा दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकामा कार्यरत निजामति कर्मचारीले बुधबार सरसफाई गरेका छन् ।

निजामति सेवा दिवसको अवसरमा बाँके लगायत देशभर विविध कार्यक्रम गरिदैछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीको नेतृत्वमा निजामति कर्मचारीले गाउँपालिका कार्यालयदेखि अगैया बजारसम्म पुगेर सरसफाई गरेका हुन् ।

सरसफाईमा गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा अन्य कर्मचारीको उपस्थिती रहेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए । दिवसकै अवसरमा दिउँसो ३ बजे जनप्रतिनिधी र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २२ गते बुधबार