मुसिकाेट नगरपालिकाले शव व्यवस्थापनकाे लागि द्विपक्षीय सम्झौता




शुदाम शर्मा ।

रुकुमको मुसिकाेट नगरपालिकाले शव व्यवस्थापन काे लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ।

मुसिकाेट नगरपालिकाका निमित्त प्रमखप्रशासकिय अघिकृत बिनाराम खड्का र वीर बहादुर नेपाली बिच करार सम्झौतामा भएकाे हाे  । उक्त नगर प्रमुख महेन्द्र केसीको शव व्यवस्थापन गर्ने पहिलो निर्णय हाे।

मुसिकाेट १, २ ,३ र ५ काे घाट मुग्लु खाेला र सानोभेरी किनारमा दाउराको लागि माेलमाेलाई गरेर दाहासंस्कार गर्ने समस्याको अन्त भएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २१ गते मंगलबार