शुदाम शर्मा, सल्यान ।
सल्यानममा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा लु १ ख ९२५९ नम्बरको ट्रकले किच्दा ट्रक मालिकका ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको हो ।
सामान लोड गर्न जाने क्रममा बच्चा एक्कासी ट्रक तिर आउँदा ट्रकको पछाडीको भागले किच्दा गम्भीर घाइते बालकको उपचारको क्रममा श्रीनगरस्थित परोपकार हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ भदौ २० गते सोमबार












प्रतिक्रिया दिनुहोस्