सल्यानममा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु

शुदाम शर्मा, सल्यान ।

सल्यानममा ट्रकले किच्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा लु १ ख ९२५९ नम्बरको ट्रकले किच्दा ट्रक मालिकका ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको हो ।

सामान लोड गर्न जाने क्रममा बच्चा एक्कासी ट्रक तिर आउँदा ट्रकको पछाडीको भागले किच्दा गम्भीर घाइते बालकको उपचारको क्रममा श्रीनगरस्थित परोपकार हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।