Kohalpur Today Header Ads

विकासको पूर्वाग्रह मन्त्री इश्तियाक




कोहलपुर ।

नेपालगञ्ज र कोहलपुर विचमा विकासमा विभिन्नता छुट्याउँदै आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले कोहलपुरका जनप्रतिनिधिहरुसंगको छलफलमा नेपालगञ्ज शत प्रतिशत र कोहलपुरमा ३३ प्रतिशत विकास गर्ने शब्द प्रयोग गरे । कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुसंगको छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यति मात्र होइन उनले नेपालगञ्ज भन्दा विकास कम भएको छ, यहाँका राजनितिक दलहरु कोहलपुरको विकास र समृद्धि नचाहेको जस्तो संकेत गर्दै नेपालगञ्जका राजनितिक दलबाट कोहलपुरका राजनितिक दलले सिक्नुपर्ने बताएका थिए ।

कोहलपुरमा पूर्व नगर प्रमुख लुट बहादुर रावतको टिमले एक पटक हाइमास्क लाइटको व्यवस्था गर्नुपर्‍र्यो भन्ने अनुरोधमा अहिले १३ वटा हाइमास्क लाइट बलिरहेका छन् त्यो मेरो देन भएको उनले जिकिर गरे ।

‘जनप्रतिनिधिहरुलाई विकास निर्माणका योजनाहरु ल्याएर आउनुहोला, काम हुन्छ, नेपालगञ्जभन्दा कोहलपुर ६७ प्रतिशत भन्दा कम । मन्त्रीले भने, भन्नुको मतलब ३३ प्रतिशत बजेट व्यवस्थापन गर्छु ।’ कोहलपुरबाट पार्टीको नामले होइन, विकासको नामले आउनुहोला बजेट व्यवस्थापन हुन्छ मन्त्री राईले बताए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले विकास र समृद्धिमा सहकार्य गरेर बढ्नुपर्नेमा जोड दिएका थिए । केही विकास कम हुन सक्छन तर अबका दिनहरुमा विकासका कामहरु तिव्र रुपमा अगाडि बढिरहेको आचार्यको भनाई थियो ।

यस्तै कार्यक्रममा लुम्बनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रि वसीउद्दीन खाँ, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार