टिकटक बनाउने क्रममा भिरबाट लडेर मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर दाङको तुलसीपुरमा एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नं ५ का ३४ वर्षीय नबीन केसीको लडेर मृत्यु भएको हो।

टिकटक बनाउन लाग्दा खोल्सामा खसेर गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उनको हिजो राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

Nayapatrika.comबाट साभार