वडा अध्यक्षलाई बलात्कारको आरोप लागेपछि…

काेहलपुर ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा ३ का वडा अध्यक्ष ललन अहिरमाथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ ।

बढैयाताल गाउँ ३ बस्ने करिब ३० वर्षिय विवाहित महिलाले जबरजस्ती करणीको आरोप लगाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा मुद्दा दर्ता भएको छ ।

मुद्धा दर्ता भएको तर वडा अध्यक्ष फरार भएकोले पक्राउ नभएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रिले जानकारी दिए । मुद्धा दर्ता गर्ने महिला अहिले माइती नेपालको संरक्षणमा रहेकी छिन् ।