नेपालगन्जमा ट्रककाे ठक्करबाट कालिकोटका हमालको मृत्यु

काेहलपुर

नेपालगन्जको पुष्पलाल चोक नजिकै गुल्म अगाडि आज ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई अपरान्ह साढे चार बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते भएका थिए । घाइतेलाई नर्सिङ्ग होम अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्यत्रणमा लिएको छ ।