भारतको बाराबंकी भयानक दुर्घटना, चार नेपालीको मृत्यु




भारत (बहराईच) : भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटनामा पर्दा ४ जना नेपालीको मृत्यु भएको छ । भारत उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान करिव ३ः३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ निवासी फत्ते थारुको छोरा प्रेम थारु र मुकेरु थारुको छोरा शितल थारु, दाङ तुलसीपुर उपमहानगरपालिकास्थित रेशमबहादुर ओलीका छोरा चक्रबहादुर ओलीको मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै बहचाईचका पत्रकार नबी अहमदले जानकारी दिए । ‘अर्का एक जनाको पहिचान हुन सकेको छैन, उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको थियो,’ उनले टेलिफोनमा भने ।

उक्त दुर्घटनामा परी दुई दर्जन घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको भारतीय प्रहरीले जनाएको छ । सामान्य घाइतेलाई उपचारका लागि बाराबंकी जिल्ला अस्पतालमा भर्ना गरिएको छ, भने गम्भिर घाइते ६ जनाको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

युपी ९३ बि.टि. ९९४४ नम्बरको डबल सिटे उक्त बसमा बसमा १५० यात्रु सवार रहेका थिए । बसमा सवार सबै नेपाली हुन् । उनीहरु कामका लागि भारत जादै थिए । टायर पन्चर भएर रोकिराखेको उक्त बसलाई तिब्र गतिमा गुडेको सोही दिशाबाट आइरहेको ट्रकले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार