कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-१० स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यौनिक शिक्षा सम्बन्धी कार्यक्रम गरिएको छ । शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपाल हेल्थ कोप्र्स टीम एन जि एम सि को सुंयुक्त साझेदारीमा यौनिकता शिक्षा सम्बन्धी कार्यक्रम भएको हो ।
नेपाल हेल्थ कोप्र्सको नियमित कार्यक्रम अन्तर्गत ‘प्रोजेक्ट पाईला’ नाम दिएर कोहलपुरको उत्कृष्ठ र नमुना विद्यालयमा सञ्चालन भएको प्राध्यापक डा. मिता सिंहले बताइन् ।
उनका अनुसार कक्षा ८, ९ र १० लाई लक्षित गरी सञ्चालन गरिएको हाे । यौन अबस्था, यौन अवस्थामा आउने परिवर्तन, महिनावारी र यसका समस्या, प्रजनन एवं यौन उत्पीडन किशोर अवस्थामा हुने गर्भपतन, बालविवाहले महिलाहरुको प्रजननमा निम्त्याउने असर र सुरक्षित महिनावारीको बारेमा जानकारी दिइएको प्रा.डा. सिंहले बताइन् ।
त्रिभुवन माध्यमिक विद्यालयका प्र्रधानाध्यापक देवका थापाले पछिल्लो समयमा यो कार्यक्रम निकै प्रभावकारी भएको र वालकालिकालाई जानकारी दिनुपर्ने भन्दै प्रशंसा गरेकी थिइन् । ‘बालबालिकाहरुले जानी नजानी गल्तीहरु गरिरहेका हुन्छन्, उनले भनीन्, ‘विशषज्ञे डाक्टरहरुबाट नै प्रशिक्षण तथा अभिमूखिकरण कार्यक्रमबाट जानकारी गराउन राम्रो विषय हो ।’ यसलाई नियमित रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन भयो भने बालबालिकाहरु आफ्नो स्वास्थ्यप्रति सुरक्षित हुने विश्वास व्यक्त गरिन् ।
यस्तै कोहलपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष गौरा कुमारी भट्टराईले किशोरीहरुलाई यो कार्यक्रम निकै प्रभावकारी भएको बताइन् । ‘कोहलपुरमा १२ वटा माध्यमिक विद्यालयहरु छन्, उनले भनीन्, ‘यो कार्यक्रम सबै विद्यालयका किशोरीहरुलाई अभिमूखिकरण कार्यक्रम गर्न आवश्यक छ ।’ यस्ता कार्यक्रमलाई वडा कार्यालयबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कम्युनिटि मेडिसिनका सहायक प्रध्यापक डा. मेरिना श्रेष्ठले महिनावारी प्राकृतिक प्रक्रिया रहेको र समस्यालाई लुकाएर भन्दा खुलस्त भएर सबैलाई बोल्नका निम्ति सबैलाई प्रेरित गरेकी थिइन् । उनका अनुसार स्वास्थ्य सम्बन्धी समस्या रहेका विद्यार्थीहरुलाई स्वास्थ्य कार्डको व्यवस्था समेत गरिएको थियो । जसबाट मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिनु परेमा विशेष छुटको समेत व्यवस्था रहेको डा. श्रेष्ठले बताइन् ।
यस्तै बालबालिकाहरुले पनि आफुले भोगेका समस्याहरु राखेका थिए । सो समस्याहरुको कसरी समाधान गर्न सकिन्छ ?, समस्या समाधान गर्न के के गर्नुपर्छ ? भन्ने विषयमा जानकारी लिएको कार्यक्रम संयोजक तथा शिक्षण अस्पतालमा एम बि बि एस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी आशिष पाण्डेले बताए ।
विद्यालयमा मेडिकल कलेजको सहयोगमा प्यागोडा ई.प्रा.लि.को प्रायोजकमा स्यानिटरी प्याड र भेन्डिङ बक्सको समेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो । यस्तै कोहलपुर नगरपालिका वडा नं १० को वडा कार्यालय, वाई पिएर नेपाल, नेपाल परिवार नियोजन संघ, बाँके र प्यागोडा ई.प्रा.लि.ले सहयोग गरेका थिए ।
कार्यक्रममा मेडिकल कलेजका स्त्री तथा प्रजनन रोग विभागका विभागीय प्रमुख विशेषज्ञ प्राध्यापक डा. मिता सिंङ स्त्री रोग विभाग विशेषज्ञ प्रा. डा. राजश्री झा, कम्युनिटी मेडिसिन विभागका डा. मेरिना श्रेष्ठ, पत्रकार, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्