रोल्पामा गाई काट्दै गरेका १४ जना पक्राउ




रोल्पा ।

रोल्पामा गाई काट्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा न. ५ स्थित बाइजा भन्ने गाउँमा शुक्रबार साँझ गाइ काट्दै गरेको भन्ने खबर पाएलगत्तै घटना स्थलमा गएको प्रहरीले गाई काट्दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

घटनामा संलग्न ८ जना महिला र ६ जना पुरुष गरि १४ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक मधुसूदन बिश्वकर्माले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १८ गते शनिबार