काेहलपुर नगरपालिकाको नगर प्रहरी प्रमुखमा वीर बहादुर थापा नियुक्त




काेहलपुर ।

काेहलपुर नगरपालिकाको नगर प्रहरी प्रमुखमा वीर बहादुर थापा नियुक्त भएका छन् । उनले शुक्रबार नगर प्रहरी प्रमुख (नगर प्रहरी निरिक्षक) काे रुपमा नियुक्ति बुझेकाे काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

थापा नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् ।

करिव २८ वर्ष नेपाल प्रहरीको रुपमा काम गरेका उनी इमानदार व्यक्तिको रुपमा चिनिन्छन। काेहलपुर नगरपालिकाले एक जना नगर प्रहरी निरिक्षक, एक जना नगर प्रहरी सहायक निरिक्षक,दुई जना प्रहरी हवलदार र १२ जना नगर प्रहरी जवानकाे परिक्षाफल प्रकाशन गरिसकेको छ।

काे हुन् थापा ?

२७ वर्ष ११ महिना २३ दिन नेपाल प्रहरीको सेवाबाट स्वच्छिक अवकाश लिएका नगर प्रहरीको कमाण्ड प्रहरी निरीक्षक वीरबहादुर थापा हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा अपराध अनुसन्धानमा कुशलतापूर्वक निर्वाह गरेको अनुभवसँगै लागुऔषध व्यूरो र सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरे ।  उनी गोर्खा दक्षिण वाहु पाँचौ, प्रहरी पराक्रम पदक, प्रहरी रत्न पदक लगायतका महत्वपूर्ण पदकसहित १५ वटा पुरष्कारबाट पुरष्कृत भइसकेका छन् ।

यस्ताे छ रिजल्ट

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १७ गते शुक्रबार