अर्थ पेजका सम्पादक डाँगीलाई किरण प्रतिभा पत्रकारिता पुरस्कार

कोहलपुर ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव तथा अर्थ पेज डटकमका सम्पादक कमल डाँगीलाई किरण प्रतिभा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

असल शासन मिडिया प्रालिको आयोजनामा किरण प्रतिभा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार डाँगीलाई नगद राशी सहित सम्मानित गरिएको हो ।

लामो समय पत्रकारिता क्षेत्रमा निश्पक्ष कलम माध्यमबाट समाज रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कदर पत्र र नगद रु ११ हजार १ सय ११ रुपैया सहित जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले सम्मान गरेका थिए ।

असल शासन मिडिया प्रालिका अध्यक्ष नमस्कार शाह, वरिष्ठ पत्रकार पुर्णलाल चुके, निरज गौतम, किरण डाँगी लगायतले सम्मान गरिएको हो ।