Kohalpur Today Header Ads

बाँके २ बाट जसपाका मन्त्री राईको एकल नाम सिफारिस




आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा)ले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित भएका थिए ।

यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट प्रमोद यादव तथा क्षेत्र नम्बर ३ बाट मनोजकुमार दिक्षित र प्रमोद यादवको नाम सिफारिस गरिएको जसपा बाँकेले जनाएको छ । यसैगरी प्रदेश सभा–१ ’क’ बाट अजयकुमार श्रीवास्तव र मोहम्मद अलि खाँ, प्रदेश सभा–१ ’ख’ बाट लालबहादुर शाहको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेश सभा–२ ’क’ बाट सर्बनकुमार यादव र भण्डारी लाल यादव, प्रदेश सभा–२ ’ख’ बाट राजन रानामगर, माजिर अलि शेख, दुर्गेश गुप्ता र बुद्धिसागर सुवेदीको नाम सिफारिस गरिएको जसपा बाँकेका अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

त्यसैगरी प्रदेश सभा–३ ’क’ बाट उदयराज यादव, बलराम यादव तथा प्रदेश सभा–३ ’ख’ बाट विजय पाठक, राजेश बर्मा र प्रविण बर्माको नाम सिफारिस गरिएको जसपा क्षेत्र नम्बर ३ का अध्यक्ष राजिव कुर्मीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम (अहिलेको जसपा) ले प्रतिनिधी सभा क्षेत्र नम्बर २ र प्रदेश सभा–२ ’क’ मा जितेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १७ गते शुक्रबार