कपिलवस्तुको शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा

विजयनगर ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा परेका छन् ।

निरन्तर वर्षा भएपछि शंकरपुर ताल फुटेको हो । शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गर्‍र्यो तर सफल हुन सकेन । अहिले गाउँपालिकाका १५ वटा गाउँका स्थानीय जोखिम रहेको पालिका अध्यक्ष गोपाल बहादुर थापा बताए ।

ताल फुटेसंगै अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत र सुरक्षाकर्मीको टिम सो स्थानमा पुगेको छ । संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने क्रम जारी छ ।

स्थानीयहरुलाई सर्तकता अपनाउनका लागि तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताए । ‘प्रदेश र केन्द्र सरकारसंग व्यवस्थापन गर्नका लागि बजेट माग गर्‍र्यौ तर चासो देखाएन,’ उनले भने, ‘त्यसपछि अहिले ताल फटेको छ ।’ ताललाई व्यवस्थित गर्न ठुलो लगानी आवश्यकता पर्ने भएकोले पालिकाको स्रोत र साधनले नपुग्ने थापाले बताए ।

प्रहरी निरिक्षक विजय तिमिल्सिनाको नेतृत्वमा ईलाका प्रहरी कार्याल गणेशपुरको सुरक्षाकर्मीको टिम, मातहतका निकाय, सशस्त्र विओपी विसनपुरको टोलि पुगिसकेको छ । शंकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।