सुदाम शर्मा, कर्णाली व्यूरो प्रमुख ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकामा लगातर परेको वर्षाका कारणले पानी दुषित भएपछि स्थानीयहरुले क्लोरिन प्रयोग गर्न थालेका छन् ।
नियमित वर्षाका कारणले गर्दा पानी दुषित भएकोले स्वच्छ पानी पिउनका लागि क्लोरिन प्रयोग गर्न थालेको गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए ।
पालिकाले पनि मैदान खानेपानी ट्याङ्की र लुफासा खानेपानी ट्याङ्कीको पानी परिक्षण गरेको थियो त्यसमा समेत दुषित पानी देखिएपछि क्लोरिन प्रयोग गर्न पालिकाले अनुरोध समेत गरेको रेग्मी बताउँछन् ।
गाउँपालिका र युनिसेफको विशेष सहयोगमा क्लोरिन राखेको छ । त्यसको प्रयोगको बारेमा पलम्बरहरुलाई जानकारी गराउने काम सुरु भएको पालिका अध्यक्ष रेग्मीले बताए ।
यस्तै सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले पानी शुद्धिकरण गर्ने उपायहरु अपनाएको बताए । ‘हामिले प्रयोग गर्ने पानीका मुहान हेर्दा शुद्ध देखिन्छन्’ उनले भने, ‘तर बर्खाको भेलका कारण पानी प्रदुषित पनि हुन सक्छ ।’ पानीमा भएका किटानु नष्ट गरी नागरिकका घरमा सफा पानी वितरण गर्न क्लोरिनको प्रयोग गर्न सुरु गरिएको अध्यक्ष रेउलेले बताए ।
प्रतिक्रिया दिनुहोस्