बल्न थाले कोहलपुरका सडक बत्ति




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले अलपत्र परेका सडक बत्तिहरु मर्मत सम्भार गरेपछि बल्न थालेका छन् ।

एकहप्ता पहिले कोहलपुर अधिकांश बत्तिहरु अलपत्र परेका थिए । विभिन्न मिडियामा सडक बत्तिहरु अलपत्र, बल्न छोडेको भन्ने जस्ता समाचार आएपछि कोहलपुर नगर प्रमुख पूर्ण आचार्यले एक हप्ता भित्रमा मर्मत सम्भार गरेका छन् ।

रात्रि समयमा आवतजावतका साथै सम्भावित आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोहलपुर वजार क्षेत्रमा सडक बत्तिहरु जडान गरिएको हो । कोहलपुर चौराहदेखि गोल्छासम्मका सडक बत्तिहरु मर्मत गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १६ गते बिहीबार