कोहलपुर ।
बाँकेको कोहलपुर–११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रद्धारा गरिएको खुला कविता प्रतियोगितामा जयन्ती ढकाल प्रथम भएकी छिन् ।
१५ औं राष्ट्रिय पुस्तकालय दिवस–२०७९ को अवसरमा बाँके जिल्ला माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगितामा त्रिभुवन नमूना माध्यमिक विद्यालय कोहलपुरकी छात्रा जयन्ती ढकाल प्रथम स्थान ल्याउन सफल भएकी छिन् ।

यस्तै गोरखा युनाइटेड पव्लिक स्कुलका छात्रा आयुष्मा चित्रकार द्धितिय, बाल ज्योति माध्यामिक विद्यालयका छात्रा निकिता बोहोरा तृतिय र गोरखा युनाइटेड पव्लिक स्कुलका छात्रा कृतिका सुवेदी सान्तवना भएकी हुन् ।
प्रतियोगितामा विजय हुनेहरुलाई क्रमसः १० हजार, ७ हजार, ५ हजार र २ हजार नगद रकम सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमा बाँके जिल्लाका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कविता प्रतियोगितामा निर्णायकहरुमा हाम्रो पूर्णिमाका तर्फबाट वि.पि. अस्तु, नविन विलासी र सन्तोषी विष्ठले रहेका थिए । प्रतियोगिता पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको र कार्यक्रम सञ्चालन सचिव एकराज शर्माले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्