असाेज मसान्तसम्म अतिक्रमित संरचना खाली गर्ने सहमति

कोहलपुर।

बाँकेको कोहलपुर नगर विकास समिति भित्र रहेका संरचनाहरु असोज मसान्तसम्म खाली गर्ने सहमति भएको छ ।

बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा कोहलपुर नगर विकास समितिको कार्यक्षेत्र भित्र अतिक्रमीत सम्पूर्ण जग्गा/संरचनाहरु नगरविकास समितिको निर्णय तथा कानून बमोजिम क्रमस: खाली गर्दै लैजाने र बसपार्क बजार सुधार समितिको हकमा बसपार्क सुधार समितिको आग्रहमा २०७९ भाद्र मसान्त भित्र सो क्षेत्रका नागरिकललाई व्यवस्थापनको समय दिई उक्त क्षेत्र समेत खाली गारउने निर्णय गरिएको सर्वदलिय वैठकले गरेको छ ।

उक्त निर्णयमा भनिएको बर्सपाक सुधार समितिको सिफारिसमा आर्थिक अवस्था कमजोर भएका १३ घर परिवारलाई छोटो दुरीको बसर्पाक देखि पूर्वमा रहेका ३५ वटा अस्थाई सटरहरु मध्ये १३ वटा सटर २०७९ कात्तिकको १५ गते सम्म व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

अन्य सवै सटर असोज मसान्तसम्म नगर बिकास समिती भित्रका संरचना खाली गर्ने सहमति बनेको कोहलपुर नगरपालिकाका प्रबक्ता नमबहादुर आलेले जानकारी दिए ।

संरचना खाली गर्न पटक–पटक दिइएको अल्टिमेटम अटेरी गरेपछि सोमबार नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको नेतृत्वको टोलिले संरचना हटाउन डोजर चलाएको थियो । न्यूरोडका अतिक्रमीत केहि संरचना भत्काइएपछि बसपार्क पुगेको टोलिमाथी त्यहाँका स्थानीयले बिरोध जनाएपछि संरचना हटाउने अभियान रोकिएको थियो ।

बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिती भित्रका संरचना खाली गर्न बसपार्क सुधार समिती समेत सहमत भएपछि अतिक्रमीत संरचना हटाउने बर्षौदेखिको प्रयास सफल हुने भएको नगर प्रमुख आचार्यले बताए ।

बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख संगीता सुवेदी, सहायक सिडिओ टोपेन्द्र केसी, कोहलपुरका डिएसपी एनबहादुर मल्ल, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, विरेन्द्र शाह ,एमालेका बलराम भट्टराई,उमेश गुरागाई, नेकपा माओवादी केन्द्रका ओपेन्द्र नाथ योगी, नेकपा एसकी नारायणी ओली, नेपाल समाजवादीका बुद्ध सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन जंग शाह, नेपाल मजदुर किसान पार्टीका खड्क राज थापा,राप्रपा नेपालका प्रभात कुमार श्रेष्ठ ,कोहलपुर उद्योग बाणिज्य संघका लक्ष्मण राज पौडेल र चक्र अधिकारी, कोहलपुर बसर्पाक बजार सुधार समितिका अध्यक्ष यूवराज भण्डारी महासचिव विजय गुरुङ र ने.म.कि.पा. जिल्ला उपाध्यक्ष गौरीकान्त आचार्य लगायत सहभागी थिए ।