कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा अनिल सेन ठकुरी




कोहलपुर :

कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी अनिल सेन ठकुरीले पाएका छन् । शाखा प्रमुख पूर्ण खड्काले अवकाश पाएपछि नगरपालिकाले ठकुरीलाई प्रमुखको जिम्मेवारी दिएको हो ।

जनस्वास्थ्य निरीक्षक अधिकृत छैठौ तहका ठकुरीलाई कार्यपालिका बैठकले प्रमुखको जिम्मेवारी दिएको बताइएको छ । उनले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १५ गते बुधबार