तीजको नाच हेर्न गएका युवाबीच झडप, एक जनाको मृत्यु




सुर्खेत ।

तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका -१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए लगत्तै थियो चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। ‘जिसीलाई अस्पताल पुर्‍याउने व्यक्तिहरुसँग घटनाबारे सोधपुछ गरिरहेका छौं । थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १५ गते बुधबार