कोहलपुर बसपार्कमा ३० वर्षदेखि लुटपाट गरि बसेकाहरुको संरक्षण गर्नु दलिय हिसाबमा गैर जिम्मेवार

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा अतिक्रमण गरी बनाइएका टहराहरु भत्काउन सुरु गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आउने गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा सदस्य कविराम पुलामी मगरले विवादपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका छन् ।

उनले लेखेका छन्, कोहलपुर बसपार्कमा ३० औं बर्ष देखि लुटपाट गरि बस्ने हरुको संरक्षण गर्नु दलिय हिसाबमा गैर जिम्मेवार भूमिका हो मेरो घोर आपत्ति छ । नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा जितेका हुन् ।