कोहलपुर बसपार्कमा ३० वर्षदेखि लुटपाट गरि बसेकाहरुको संरक्षण गर्नु दलिय हिसाबमा गैर जिम्मेवार




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा अतिक्रमण गरी बनाइएका टहराहरु भत्काउन सुरु गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आउने गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा सदस्य कविराम पुलामी मगरले विवादपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा राखेका छन् ।

उनले लेखेका छन्, कोहलपुर बसपार्कमा ३० औं बर्ष देखि लुटपाट गरि बस्ने हरुको संरक्षण गर्नु दलिय हिसाबमा गैर जिम्मेवार भूमिका हो मेरो घोर आपत्ति छ । नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा जितेका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १४ गते मंगलबार