काठमाडौं ।
सेवा सुविधाको माग सहित आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको आन्दोलन फिर्ता लिएको छ । सोमबार शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षक महासंघ र परिषद्का प्रतिनिधि बीच भएको छलफलमा समस्या समाधान गर्न समिति बनाएर वार्ता गर्ने सहमती भए पछि परिषद्ले आन्दोलन फिर्ता लिएको जनाएको छ ।
परिषद्ले आइतबार देखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेपछि आईतबार अबेर मन्त्रालयले शिक्षक महासंघ मार्फत् वार्तामा आउन आह्वान गरेको थियो ।
सोही अनुसार भएको छलफल पछि परिषद्ले आन्दोलन फिर्ता लिएसँगै बन्द विद्यालय खुल्ने भएका छन् । परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणा गरेको थियो । आफ्ना जायज माग पुरा गराउन बालबालिकाको पढ्न पाउने अधिकार हनन् गरेको भन्दै परिषद्को आन्दोलन प्रति आलोचना हुँदै आएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्