बारबर्दियामा १२ औं अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिवस मनाइयो

तस्विर : अबिरल विश्वकर्मा

बारबर्दिया ।

महान जनयुद्धको क्रममा बलपूर्वक वेपत्ता पारिएका पीडितहरुको १२ औं अन्तर्राष्ट्रिय वेपत्ता विरुद्धको दिवस मनाइएको छ ।

मंगलबार बारबर्दिया–६, जयनगर नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखा सभाहलमा शहिद वेपत्ताजन परिवार समाज बारबर्दियाका अध्यक्ष मोतिकुमार चौधरी अध्यक्षयता र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्मा (हिमाल)को प्रमुख आथित्यमा “वेपत्ता पारिएकाहरुको सम्झनामा राष्ट्रिय अभियान ! सत्य, न्याय र परिपुरण सहितको कानुनी प्रावधान !! विषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो ।

लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्मा (हिमाल) ले केन्द्रिय सरकार कानुन बनाएर सदनमा टेबुल भएको बताए । ‘केन्द्रिय कानुन बनेर आएपाछि विस्तृत शान्ति सम्झौता र वेपत्ताहरुको सत्य, न्याय र परिपुरणका लागि प्रदेश सरकार पनि आफ्नो तर्फबाट सक्रिय भुमिका निर्वाह गरिरहेको छ, ‘प्रदेश सरकारले विभिन्न सिपमुलक तालिम र घाइतेहरुको निशुल्क उपचार गत आर्थिक वर्षमा गरेको र यस आर्थिक वर्षमा पनि कार्यक्रम निरन्तर रहेको छ उनले भने ।’

यस्तै शहिद वेपत्ताजन परिवार समाज बारबर्दियाका अध्यक्ष मोतिकुमार चौधरीले बर्दिया जिल्लाभर भएका २ सय ७८ जना वेपत्ता मध्ये ४४ जना र ३७ जना शहिद बारबर्दिया नगपालिकाका रहेको बताए ।

यस्तै कार्यक्रममा मानव अधिकार आयोग नेपालगजका झकर बहादुर रावल, एड्भोकेसि फोरम नेपाल संस्थापक वसन्त गौतम, नगर प्रमुख र उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही, वडा अध्यक्ष इन्द्र प्रसाद चौधरी, शहिद तथा वेपत्ता स्मृति संजाल केन्द्रिय संयोजक निरन्जन कुमार चौधरी रनेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य अविरल विश्वकर्मा र बारबर्दिया नगर अध्यक्ष सुदिन चौधरी लगाएतको सहभागी रहेको थियो । अन्तरक्रियामा बारबर्दिया नगरपालिका अन्तरगत शहिद वेपता परिवार र सरोकारवाला गरी करिब ६० जना भन्दा बढिको सहभागि थियो ।