कोहलपुरको न्यूरोडबाट चल्ने भो डोजर

कोहलपुर ।

कोहलपुर नगरपालिकामा अतिक्रमण गरिएका टहराहरु हटाउन सुरु गर्न लागेको छ । साेमबार कोहलपुर न्यूरोडदेखि अतिक्रमण गरिएका टहराहरु कोहलपुरको न्यूरोडबाट हटाउन सुरु गरिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिएका छन् ।

अतिक्रमण गरिएको टहराहरु भत्काउनका लागि अहिले न्यूरोडमा डोजर लिएर पुगेको आचार्य बताउँछन् । त्यसपछि कोहलपुरका बसपार्कमा समेत टहराहरु भत्काउने उनको भनाई थियो ।