कोहलपुरमा मालपोत र नापी कार्यालय

कोहलपुर ।

बाँकेको कोहलपुरमा नापी र मालपोत ल्याउनका लागि राजनितिक दलहरूले निकै संघर्ष गरेका थिए ।

आइतबार भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ र कोहलपुर नगरपालिका प्रमुख पूर्ण आचार्यले कोहलपुरमा नापी र मालपोत कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटनमा बोल्दै मन्त्री श्रेष्ठले जनतालाई सुविधा दिन नापी र मालपोत कार्यालयहरु स्थानीय तहसम्मै पुर्‍याउने लक्ष्य अनुसार आज कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना भएको बताए ।

‘बाँकेबाट नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटिका सदस्य नरेन्द्र न्यौपाने र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ लगायतका नेताहरुले भूमिहीन र सुकुम्बासीका समस्या समाधान गर्न निरन्तर ध्यानाकर्षण गराउनुभयो’ उनले भनीन्, ‘त्यो पहल कदमीले आज तपाईहरुकै घरआगनमा नापी र मालपोत कार्यालय स्थापना भयाे ।’ तत्काल सेवा प्रवाह हुने गरी आवश्यक सबै प्रक्रिया पुरा गर्न मातहतका कर्मचारीलाई मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।

यस्तै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले निरन्तर ५ वर्षको संघर्षपछि आज कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना भएकोमा निकै खुसी व्यक्त गरे । ‘विभिन्न सरकारी कार्यालयहरु समेत ल्याउनका लागि पहल गर्‍र्यौ र ल्यायौं पनि, ‘मालपोत र नापी कार्यालय ल्याएका छौं, उनले भने ।’

यस्तै कार्यक्रममा प्रतिनिधि सभा सदस्य पूर्ण कुमारी सुवेदी, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य आइपी खरेल, पार्वती पुन गहतराज (उषा), मालपोत कार्यालय बाँकेका प्रमुख छबि नेपाली, कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाही, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नेपाली काँग्रेसका नगर सभापति बिरेन्द्र शाह, माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का लगायत अन्य विभिन्न पार्टीका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।