कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रद्धारा खुला कविता प्रतियोगिता गर्न लागेको छ ।
१५ औं राष्ट्रिय पुस्तकालय दिवस-२०७९ को अवसरमा बाँके जिल्ला माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता गर्न लागेको हो ।
पुस्तकालयका अध्यक्ष चेतकान्द भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २ हजार रहेको छ ।

यहि भाद्र १३ गतेसम्म आफ्नो विद्यालय वा सहभागि हुने व्यक्तिहरुको नाम दर्ता गर्नुहुन अनुरोध गरिसकेको अध्यक्ष भट्टराईले बताए ।
प्रतियोगितामा एउटै विद्यालयबाट धेरै विद्यार्थीहरु सहभागि हुन सक्ने छन् । सो प्रतियोगिताको समन्वय हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेले गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्