हेभी इक्विपमेन्ट बाँकेकाे अध्यक्षमा शाह चयन

काेहलपुर ।

हेभी इक्विपमेन्ट ब्यवसायी संघ बाँकेकाे अध्यक्षमा संगम शाह चयन भएका छन । शुक्रबार बैजनाथ गाँउपालिकाकाे गाभरमा सम्पन्न संघकाे तेस्राे साधारण सभा तथा छैठौं अधिवेशनले शाहकाे नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेकाे हाे ।

नयाँ समितिकाे उपाध्यक्षमा प्रेम भण्डारी, सचिवमा महेश न्याैपाने, सहसचिवमा गीरीधर वलि तथा काेषाध्यक्षमा दामाेदर भण्डारी चयन भएका छन । सदस्यहरूमा शाेभाखर शर्मा, गाैरव रावत, सतिश आचार्य, ध्रुव शर्मा र जयश्वर उपाध्याय चयन भएका छन । कमिटिकाे एक सदस्य र सल्लाहकार पछि मनाेनित गर्ने बताईएकाे छ ।

यसअघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अधिवेशनकाे उद्घाटन गरेका थिए ।