कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-८ बालापुरका किसानहरुलाई लक्षित गरी डिप ट्युववेल आयोजना उद्घाटन गरिएको छ । शुक्रबार युवा तथा खेदकुद मन्त्री महेश्वर गहतराज अथकले डिप ट्युववेल आयोजना उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै मन्त्री अथकले ९० विगाह जग्गामा सिँचाईको उपलब्धता हुने बताए ।
‘बालापुरका किसानहरुलाई लक्षित गरी आयोजना सुरु गरेका छौं, उनले भने, ‘यहाँका १ सय ५० भन्दा बढि किसानहरुलाई बाह्रैमासे विभिन्न किसिमका खेती गर्ने सक्ने छन् ।’ पहिले यहाँका किसानहरुलाई खेती उत्पादनमा निकै समस्या थियो तर अब समस्या टरेको छ ।
‘बालापुरका किसानलाई गरेको प्रतिबद्धता पुरा गरेको छु मन्त्रीले थपे, ‘अब बालापुरका किसानहरुले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हटेको छ ।’ २१औँ शताब्दीमा कृषिमा आधुनिकिकरण निकै आवश्यकता रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा धेरै विकास गरेको मन्त्री अथकले दावी गरे ।
यस्तै प्रदेश सभा सदस्य माननीय पार्वती पुन (उषा) ले किसानहरुको हक हितका लागि निरन्तर काम गरिरहेको बताइन् । ‘आफ्नो निर्वाचन क्षेत्रमा गरेका प्रतिबद्धताहरु कार्यान्वयनको भैइरहेका छन्’ उनले भने, जसमा बालापुरको डिप ट्युववेल पनि थियो ।’ किसानहरुलाई सिचाईको प्रबन्ध मिलाउने भनेका थियौं त्यो पुरा भएको प्रदेश सभा सदस्य माननीय पार्वती पुन (उषा)ले गरेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्