नेकपा एसद्वारा बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस (पूर्ण विवरण)




काेहलपुर

नेकपा एकीकृत समाजवादी (एस) बाँकेले क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । मंसिर ४ गते हुने गइरहेकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ ले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ नेकपा एसका अध्यक्ष मञ्जु कोइरालाको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि वाइबी आले, इतवारी थारु र मञ्जु कोइरालालाई सिफारिस गरेको छ ।

यस्तै प्रदेश (क) मा केशवराम यादव, रामकृष्ण विक र प्रेमिका शाहि तथा प्रदेश (ख) मा अशोक कोइराला, अव्दुल हुसेन खाँ र केश कुमारी भुसालको नाम सिफारिस गरेको समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष लोकनाथ शर्माले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ९ गते बिहीबार