लामो संघर्षपछि कोहलपुरमा मालपोत र नापी कार्यालय, भाद्र १२ गते उद्धघाटन हुँदै




काेहलपुर । 

बाँकेकाे काेहलपुरमा नापी र मालपाेत ल्याउनका लागि राजनितिक दलहरूले निकै संघर्ष गरेका थिए । नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरको कार्यालय भवनको भाद्र १२ गते उद्धघाटन हुने भएको छ ।

मालपोत कार्यालय बाँकेका प्रमुख छबि नेपालीले भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भाद्र १२ गते कोहलपुरमा शाखा कार्यालयको उद्धघाटन गर्ने जानकारी दिए ।

कोहलपुर नगर बिकास समितिको परिसर भित्र रहेको भवनमा कार्यालय उद्धघाटन हुन लागिएको हो ।

बुधवार मालपोत कार्यालय बाँकेका प्रमुख छवि नेपाली, कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य , कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिका राम ढकाल, नेपाली काँग्रेसका नगर सभापति तथा कोहलपुर १२ का अध्यक्ष बिरेन्द्र शाह, माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्काले निरीक्षण गरेका थिए ।

निरीक्षण पछि १२ गते कार्यालय उद्धघाटन हुने लपोत कार्यालय बाँकेका प्रमुख छवि नेपालीले बताए । अहिले भवनको र्ममत सम्भार गरेर कार्यालय सञ्चालनमा ल्याउने नेपालीलेे बताए ।

कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले स्थानिय सरकारमा भएकाे समयमा नापी र मालपाेत आउनु निकै राम्राे कार्य भएकाे बताए । बिशेष तह माओवादी केन्द्र नेपाली काँग्रेस, एमालेको पहलमा नापि तथा मालपोत कार्यालयको शाखा कार्यालय कोहलपुरमा आउन लागेको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार