कोहलपुरमा भदाै १५ गते भित्र नापी तथा मालपोतको शाखा कार्यालय स्थापना हुने




काेहलपुर ।

भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुरमा एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएकी छन् ।

सोमबार नेपालगन्ज एयरपोर्टमा भुमिसुधार तथा गरिबी निवारण मन्त्री श्रेष्ठले नापी र मालपोत कार्यालय बाँकेका प्रमुखहरुसंगको भेटमा यस्तो निर्देशन दिएकी हुन ।

उक्त भेटमा सहभागी माओवादी केन्द्रका केन्दीय सदस्य नरेन्द्र न्यौपानेले माओवादी पार्टीका तर्फबाट नापी र मालपोत शाखा कार्यालय छिटो स्थापना गरिदिन आग्रह गरे लगत्तै मन्त्री श्रेष्ठले एक हप्ता भित्रै कार्यालय स्थपना गर्ने गरि काम थाल्न कर्मचारीहरु लाई निर्देशन दिएकी हुन् ।

मालपोत कार्यालय बाँके श्रोतका अनुसार भाद्र १५ गते भित्र शाखा कार्यालय स्थापना गर्ने तयारी भईरहेको छ ।

उक्त भेटमा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश सह-सचिव अकल बहादुर बम, जिल्ला अध्यक्ष एवं खजुरा गाँउपालिका अध्यक्ष डम्वर बहादुर बिक तुफान, जिल्ला सचिव अमिर केसी, माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्का लगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार