नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाँकेमा खेलाडी छनौट गरिँदै




कोहलपुर ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि बाँकेमा खेलाडी छनौट गरिने भएको छ ।

बाँके जिल्लामा रहेका तेक्वान्दो खेलाडिहरुलाई छनौट गर्ने बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताए । उनका अनुसार आज (बुधबार) ८ गते डोजाङ्ग प्रमुख लगायत सबै खेलाडीहरुलाई बोलाइएको छ ।

नेपालगञ्ज रंगशालामा दिउसो १२ उपस्थित हुनका लागि सबैमा अनुरोध गरिएको लामिछानेले बताए । सो प्रतियोगितामा १४५ जना खेलाडि सहभागि हुनेछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार