सुर्खेतमा बेवारिसे शव फेला




सुर्खेत ।

सुर्खेतको भेरिगंगा नगरपालिकामा बेवारिसे शव फेला परेको छ।

नगरपालिकाको वडा नम्बर ९ जहरे बजारमा बिहान करिब ९ बजे तिर उक्त शव भेटिएको हो । मधेसी मुलुकको नागरिक जस्तो देखिने अन्दाजी ६०-६५ बर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले बताए ।

प्रबक्ता कार्कीका अनुसार उक्त शवको हाल सम्म पहिचान हुन सकेको छैन । अहिले उक्त स्थानमा ईलाका प्रहरी कार्यालय छिन्चुको टोली खटिएको र घटनाको अनुसन्धानको भैरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ७ गते मंगलबार