कर्णालीमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा काेहलपुरमा प्रदर्शन

काेहलपुर ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा काेहलपुरमा प्रदर्शन भएको छ । यहाँका चिकित्सकहरुले आज काेहलपुरमा विरोध प्रदर्शन गरेका  थिए ।

कर्णालीमा हानेको त्यो लात्तीले मलाई पनि दुख्यो, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षाा २०७९ पहिलो शंशोसन ऐन लागू गर, हामी घाँउ निको पार्छौ, हजुर हामीलाई घाउ कहिलेसम्म दिने ? कर्णालीमा घटना दोषीलाई हदैसम्म कारवाही होस् ।, स्वास्थ्यकर्मीमाथिको आक्रमण बन्द गरियोस् । जस्ता नारा राखेका थिए । स्वतस्फूर्त रुपमा जम्मा भएर विरोध प्रदर्शन गरिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका  फिजिसियन डा. श्याम विक, नेपाल मेडिकल एसाेशिएट केन्द्रिय सदस्य नन्दा  कुमार गुरूङ्ग र एशाेसिएट प्राेफेसनल डा. प्रज्ञा गाैतमले जानकारी दिए ।

जुम्लामा अस्पतालकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले अस्पतालको आकस्मिक विभागमा कार्यरत डा करण साहलाई कुटपिट गरेका थिए ।