काेहलपुर ।
बाँकेकाे काेहलपुर नगरपालिकाका दुई स्थानमा शंकास्पद वस्तु फेला परेकाे छ ।

काेहलपुर नगरपालिका ५ र ९ वडामा शंकास्पद वस्तु फेला परेकाे इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ले बताए ।
कोहलपुर नेपालगन्ज सडक खण्ड र पुर्वपश्चिम राजमार्गमा अन्तर्गत वडा नम्बर ९ र ५ किरणनालामा सडकको बीच भागमा उक्त वस्तु भेटिएको हो । अज्ञात समूहले रातो कपडाले बेरेर राखेको अवस्थामा भेटिएको छ ।
नेपाल आर्मीलाई खबर भइसकेकाेले अबकाे केही बेरमा बम नै हो या अन्य केही वस्तु हो भन्ने बारे पुष्टी हुने मल्लले बताए ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीसहितका पार्टीले आज नेपाल बन्द गरेको छ । बन्दको प्रभाव बाँकेमा पनि परेको छ । बन्दका कारण बिहानैदेखि गन्तव्यमा छुटेका सवारी साधन रोकिएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महंगीलगायतका विरुद्धमा नेपाल बन्दको आह्वान गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्