काेहलपुर ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीसहितका पार्टीले आज नेपाल बन्द गरेको छ ।
बन्दको प्रभाव बाँकमा पनि परेको छ । जिल्लामा बन्दका कारण विहानैदेखि सवारी साधन, बजार, विद्यालयहरु पूर्ण रुपमा बन्द रहेको छन् ।

बन्दका कारण बिहानैदेखि गन्तव्यमा छुटेका सवारी साधन रोकिएका छन् । अस्पताल, होटल, एम्बुलेन्स, प्रेस लगाएतका अत्यावश्यक सवारी साधनमात्रै संचालनमा आएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महंगीलगायतका विरुद्धमा नेपाल बन्दको आह्वान गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्