दाङमा टिपर आगजनी : चालक र सह-चालक प्रहरी नियन्त्रणमा




दाङ ।

दाङमा मंगलबार बिहान टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ । दुई दिन देखि उक्त स्थानमा टिपर बिग्रिएर रोकि राखेको थियो ।

मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी भएको र बन्द कर्ताहरुले आफुहरुको बन्द कार्यक्रम बिहान पाँच बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफुहरुको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

‘बन्द कर्ताहरुले मलाई फोन गरेर टिपर आगजनीमा हाम्रो संलग्नता छैन भन्नु भएको छ, टिपरमा आगजनी भएपछि चालक सहचालकले हामीलाई फोन गरेनन् अर्कै चालकले आगो लागेको देखेर फोन गरेको छ, एसपी काफ्लेले भने चालक र सहचालकको भनाइ पनि मिलेको छैन् त्यसकारणा अनुसन्धानका लागि नियन्त्रणमा लिएका छा’ै ।

चालक र सहचालक पनि टिपर भएको स्थानमा रहेको र उनीहरुको मोवाईल पनि साथमै भएकाले साढे चार बजे आगजनी हुँदा पनि प्रहरीलाई जानकारी गराएको अवस्था छैन् अहिले नियन्त्रणमा लिएर अजुसन्धान भईरहेको काफ्लेले बताए ।

पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ७ गते मंगलबार