हमालको अध्यक्षतामा प्रेस सेन्टर कोहलपुर नगर समिति गठन

काेहलपुर ।

प्रेस सेन्टर नेपालको कोहलपुर नगर समिति गठन गरिएको छ । सोमबार आयोजित विशेष भेला तथा प्रशिक्षणबाट नयाँ कार्य समिति गठन गरिएको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सांसद पार्वती पुनको प्रमुख आतिथ्यता एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानको विशेष उपस्थितीमा भेला तथा प्रशिक्षण गरिएको थियो ।

सोही क्रममा पुष्पराज हमालको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा विवेक रेग्मी, सचिव शुभाखर बिश्वकर्मा, सहसचिवमा रामगोपाल बिक र कोषाध्यक्षमा सुशिला शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा मनोज कोईराला, राजु चौधरी, मनबिर परियार, प्रमिला बिक, प्रतिमा शाहि, कल्पना शाही, मिना रावल र शान्ति सुनार रहेका छन् ।