कोहलपुर नगरपालिकाका कर्मचारीद्धारा ११ बुँदे माग राख्दै आन्दोलनमा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा कर्मचारीहरुले आदोलन गरेका छन् ।

सोमबार ‘देश भरीका सम्पूर्ण राष्ट्रिसेवक कर्मचारीहरु एक हौं ।’ भन्ने मुल नाराका साथ निजामति कर्मचारी संगठन र निजामति कर्मचारी यूनियनको संयुक्त रुपमा माग राख्दै हातमा कालोपट्टी बाधेर आदोलन गरेका हुन् ।

आन्दोलनमा बोल्दै नेपाल निजामति कर्मचारी संगठन बाँकेका पुर्व अध्यक्ष अग्नि प्रसाद आचार्यले आफ्ना मागहरु पुरा नभएसम्म विभिन्न चरणमा आन्दोलन गर्ने बताएका छन् ।

कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी संघिय/प्रदेश र स्थानीय तहका लागि निजामति सेवा ऐन तत्काल जारी गनुपर्ने लगायत ११ बुँदे मागहरु राख्दै आन्दोलन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ६ गते सोमबार